भूटानी नेता टेकनाथ रिजालको सुविधा खोसियो
नेपालमा दोस्रोपटक शरण लिइरहनुभएका भुटानका प्रजातन्त्रवादी एवं मानवअधिकारवादी नेता टेकनाथ रिजाललाई नेपाल सरकारले दिँदै आएको सुविधा खोसेको छ । आफूले पाउँदै आएको ट्राभल डकुमेन्टसमेत नवीकरण नगरिदिएपछि नेपाल छाडेर बाहिर जानसमेत नपाई खुल्ला बन्दीजस्तो जीवन बिताउनु परेको गुनासो गर्दै रिजालले नेपाल सरकारलाई पत्र लेख्नुभएको छ ।
ट्राभल डकुमेन्ट नवीकरण नगरिदिँदा उपचार गर्न भारत जानसमेत नपाइने स्थिति रहेको भन्दै रिजालले गृहमन्त्रालयमा दिनुभएको निवेदनउपर नेपाल सरकारले अहिलेसम्म सुनुवाइ गरेको छैन ।’हिजोको सरकारले मलाई दिंदै आएको सहयोग किन बन्द भएको हो भन्ने सम्बन्धमा मलाई जानकारी भएन र मैले त्यस सम्बन्धमा बुझेको पनि छैन । तर, दिँदै आएको सहयोग एकाएक रोकिँदा मलाई जीवन निर्वाहका लागि ठूलो संकट आइपरेको छ ।’- गृहमन्त्रालयलाई रिजालले बुझाउनुभएको पत्रमा भनिएको छ ।
रिजालले नेपाल सरकारलाई लेख्नुभएको पत्रमा भनिएको छ-’मेरो यात्रा अनुमतिपत्र नवीकरण नभइदिएको जर्जर अवस्थाले म लगायत मेरो परिवार कथंकदाचित विरामी परी नेपाल बाहिर जानु परेको खण्डमा अथवा नेपालभित्रै पनि एउटा शरणार्थी मानिसलाई चाहिने परिचय पत्र देखाउने आधारसम्म गुमेको अवस्थालाई मध्यनजर गरी हिजो नेपाल सरकारबाट दिंदै आएको उपर्युक्त सुविधाहरु समयसापेक्ष उपलब्ध गराई म र मेरा परिवारलाई सुरक्षित जीवन जिउने वातावरण कायम गरिदिनु हुनेछ भन्ने अपेक्षासहित यो विनम्र निवेदन गर्दछु ।’
विगतमा तत्कालीन मरिचमानसिंह श्रेष्ठ नेतृत्वको सरकारबाट भुटान सरकारसमक्ष सुपुर्द गरिनुभएका मानवअधिकारवादी नेता रिजाल लगभग १२ वर्षदेखि नेपालमा दोस्रो निर्वासित जीवन बिताइरहनुभएको छ । भुटानी शरणार्थीहरु तेस्रो मुलुकमा स्थानान्तरण हुँदा पनि ६६ वर्षीय रिजाल काठमाडौंमै शरण लिएर बसिरहनुभएको छ ।
एकपटक नेपालबाट अन्याय पाएर पनि फेरि नेपालमै शरण लिइरहनुभएका प्रजातन्त्रवादी नेता रिजाललाई ०६२/०६३ को जनआन्दोलनपछि गिरिजा सरकारले भरणपोषणवापत मासिक १ लाख रुपैयाँ सहयोग दिनुका साथै ट्राभल डकमुेन्ट उपलब्ध गराएको आएको थियो । तर, गिरिजा सरकारले गरेको सहयोग ३ वर्षपछि कम्युनिष्ट सरकारले बन्द गरिदिएको स्रोतको गुनासो छ ।
आफूले ट्राभल डकुमेन्ट नपाउँदा बाहिर जान पन नपाएको र नेपालमा पनि जीवन निर्वाहमा संकट परिरहेको गुनासो गर्दै रिजालले गृहमन्त्रालयलाई लेखेको निवेदनमा भन्नुभएको छ, ‘आज म आफ्नो देशको जातिवादी नीतिले राज्यविहीन भएको अवस्थामाथि नेपाली भूमिमा खुल्ला कैदीसरहको जीवन बिताउन विवश भएको कुरा यहाँलाई अवगत गराउँन चाहन्छु ।’
गृहमन्त्रालय स्रोतबाट प्राप्त रिजालको निवेदनको पूर्णपाठ यस्तो छ-
From Onlinekhabar.com
रिजालजीले मेरो सुविधा किन काटियो ? भनेर गृह मन्त्रलायमा निवेदन दिनुभएको समाचार सुन्नपर्दा कुरी कुरी लागेको छ । किन ? तपाईलाई के नपुग्दो छ ? यतिका वर्षसम्म कान्छी श्रीमतिको नाममा बिर्तामोडमा भएको दुइ तले महल छाडेर काठमाडौंमा बस्नु भयो । विगत छ÷सात महिनाअघि अंगरक्षकसहित सरकारी सुविधाको गाडी लिएर झापाको बिर्तामोडस्थित कान्छी श्रीमती कौशिलाको नामको महल (कौशिला कुञ्ज) निर्माणतर्फ लाग्नु भएबाटै तपाईँको निर्लज्जता उदाङ्गिएको थियो ।
जन्मभूमि भूटानी जनताप्रति कुनै चासो नराख्ने तपाईलाई नेपाल सरकारबाट अझै के कस्तो चाँहि सुविदा चाहियो ? पोहोर साल मात्रै कौसिला (कान्छी श्रीमति ) को नाममा रहेको जग्गा विक्रि गरेर १ करोड ३५ लाख रुपया लिईसक्नु भएको छ । तिन साल अघि नेपाल सरकारबाट ३६ लाख लिइसक्नु भएको छ । बालखैमा विवाह गरि घर ल्याइएकी जेठी श्रीमति जालपा रिजालको अवस्था कति चिन्ता जनक छ? र अर्की माइली मन्दरा अधिकारी कता छन् । त्यसप्रति तपाई चिन्ता गर्नु हुन्न । तर कान्छीलाई काखी च्यापेर नेपाल सरकारको सुविधा खोजेर अपील गर्नु तपाईको नैतिकता देखिएन ।
तेस्रो मुलुक पुनर्वासमा असी प्रतिशत शरणार्थीहरु सहभागी भए पनि परिवार सबै नलगिएको हुँदा धेरैको परिवार तितर वितर भएको छ । जाने तर्खरमा हुनेहरुको लहर घटेको छैन । स्वदेश फर्कन्छु भन्नेहरुकोे शिविरको बसाइ कष्टकर छ । चुहिने छाप्रो, हुरी–बतास, धाम–पानी, चोरी, बलात्कारी, हत्या, आगलागि र हात्ती आतंकबाट सताइका छन् । राहत कटौतीबाट दैनिक जीवन धान्नसक्ने अवस्थासमेत क्षीण हुँदै छ । शरणार्थीको दर्जा नपाएकाहरुको पीडा अरुकोभन्दा बेग्लै छ । तिनीहरुको पीढाप्रति तपाईको आवाज कहिल्यै उठेन । तर मेरो सुविधा काटियो भन्दै प्रचारप्रसार गर्न तपाईलार्ई कसरी मुख लाग्यो होला ।
वा रिजालजी ? यसकार्यले तपाईको भुटानी जनता र त्यहाँको जन–आन्दोलनप्रति तपाईँको चरम अनादर सावित हुन्छ । आज तपाईँलाई नजिकबाट नियाली रहेका निर्वासित भूटानीहरु पछुताएका छन् । हीनताबोध छ । स्वदेश फर्कन चाहनेहरुको तपाईको व्यवहारले आत्मा रोएको छ । शुभचिन्तक, आन्दोलनका समर्थक र समग्र देशबासीहरुको योगदानप्रति विश्वासघात भएको छ । त्यति मात्र होइन एक लोकतान्त्रिक मुलुक नेपाल र यहाँका जनताले दिएको ऐक्यवद्धता, सहानुभूति, आत्मिय सम्मान र निश्वार्थ सहयोग समेतको दुरुपयोग भएको छ ।
रिजालजी, तपाईँको इमान्दारिताप्रति प्रश्न उठाइएको होइन । एउटाले गलत बाटो नलिएसम्म अर्काेबाट आंैला ठड्याउनु पर्ने परिस्थिति स्वतः आइलाग्दैन । तपाईलाई थाहै छ पचासको दशकदेखि भूटानी जनताले प्रजातन्त्रको आवाज उठाएका हुन् । नेतृत्वबाट विश्वासघात नहुँदो हो त त्यसैबेला भूटानको कायापलट हुने थियो । आन्दोलनले गति लिन नपाउँदै, तत्कालीन दल, भूटान स्टेट कांग्रेसका अध्यक्ष डी.बी.गुरुङ्गले भारतको पहलमा राजा जिग्मी दोर्जी वाङ्गचुकबाट मासिक भत्ता एक हजार रुपया लिने शर्तमा बालबच्चासहित स्वदेश फर्किएर भूटानी जनताको प्रजातान्त्रिक चाहनालाई दरवारमा सुम्पिएका थिए । उनले हजारौं कार्यकर्ताहरुको अधिकार केवल मासिक भत्तालाई मात्र आफ्नो सर्वस्व देखे । नेतृत्वको गलत निर्णयबाट सहयात्री देवीभक्त लामिटारेसहित सबैजना सधैंका लागि निर्वासित जिवन रोज्न विवस भए । यसपटक पनि आन्दोलन शक्तिमाझ विभाजन गराउने र आन्दोलन निस्तेज पार्ने अनेकौं प्रयासहरु भए । जब तपाईँको हातमा आन्दोलनको बागडोर पुग्यो त्यहींबाट भुटानी आन्दोलन अवनतितर्फ धकेलिएको हामीले देखेका छौं । बिना आधार मिडिया बोल्दैन । तपाईले यसअघि नै नपाल सरकारबाट ३६ लाख लिएको कान्तिपूर समाचार पत्रमा लेखिएको पनि सारा नेपालीि जनताले पढेका छन् । यो कुरा जति खेदजन्य रह्यो त्यति नै संंवेदनशील र रहस्यमय पनि छ । यो आक्षेप होइन तर, तपाईँको विविध चरित्रले भूटानी इतिहास कलङ्कित भएको छ ।
तपाईकी कान्छी श्रीमती कौशिला रिजालको घर छिमेकी
अनुसा शर्मा
बिर्तामोड १ कि.मी
अनुसाजी, काडमाडौंमा टेकनाथ रिजालको बारेमा मैले पनि धेरै कुरा सुनेको थिए । भुटानमा नेपालीले दुःख पाए भनेर धेरैले रिजालमार्फत सहयोग गरेको सुनेको हुँ । मैतीदेवीमा बस्ने राजु थापा भन्ने मानवअधिकारबादी नेता एक्लैले करिब १० लाख जति सहयोग दिएकोछ रे । फ्रेन्स अझ भुटान भन्ने समूहले पनि रिजाल बसेको घरको बहाल तिरिदिन्छ रे । सरकारले गाडी सुविधा तेल ४० लिटर मासिक पनि दिएको रैछ । सुरक्षा गार्ड पनि दिएको छ ।
अनुसाजीको भुटानी नेता रिजालकाबारेमा लेखेको प्रतिकृया पढ्दा र मैले सुनेको कुराहरु केलाउँदा त नेपालले सेतो हात्ति पाल्दै आएको प्रतीत हुन्छ । हामी नेपाली यसरी ठगिने कहिले सम्म ?
मदन झापाली
हाल काठमाडौं
Maiti Devi
Mr. Master of corrupted Rizal! you are the most corrupted guy of Bhutan.You have started corruption in Bhutan.You have take extortion money from many Bhutanese when you were Assembly Member than Councillor. Do you want to make youself landlord Nepal in the name of Bhutanese refugees? All the Bhutani Nepali people are against your activities. Avery body knows that you have started trouble in Bhutan.