प्रवासमा नेपाली साहित्य उत्साहजनक
गत मार्च २९ शनिवार अमेरिकी राज्य टेक्सस्को फोर्त वोर्थ शहरमा ‘साहित्य गोष्ठी २०१४’ (Literary Symposium 2014) भव्यताको साथ सम्पन्न भएको छ ।
विश्व भूटानी साहित्य सङ्गठन (GBLO) को सक्रियतामा भूटनीज लेगसी युवा क्लबले आयोजना गरेको यस गोष्ठीमा भूटानी नेपाली साहित्य र समाज तथा स्वीकारोक्ति सिद्धान्तबारे विद्वत छलफल गरियो । भूटनीज लेगसी युवा क्लबका उप-अध्यक्ष ए. के. राना साम्पाङको सभापतित्व र अन्तराष्टृय नेपाली साहित्य समाज टेक्सस्का अध्यक्ष वासु शर्माजीको प्रमुख आतिथ्यमा लीलाधर अधिकारी ‘पातलो अन्तरे’को ‘अन्तरे’ गजल सङ्ग्रहको लोकार्पण पनि गरिएको थियो ।
उक्त कृती माथि डेन्जोम साम्पाङ अनि लेखक अन्तरे’ स्वयमले चर्चा गरेका थिए ।
उक्त सभामा मुर्धन्य कवी तथा चर्चित गितकार श्विप्लब प्रतिक, विस्व भुटानी साहित्य संगठन (GBLO)का अध्यक्ष डेन्जोम साम्पाङ र GBLO प्रवक्ता कर्णा गुरुङ ‘हेरण’ पनि सहभागि थिए ।
उत्तर अमेरिकामा रहेका भूटानी तथा नेपाली साहित्यकार, पाठक र संघ-संस्थाबीच अन्तरक्रिया गरिने भनिए पनि संघ संस्थाहरुको उपस्तिथी बाक्लो उपस्थिति रहेन । तर साहित्य कर्मीहरुको उत्साहजनक सहभागिता देखियो । यस कार्यक्रमद्वारा नेपाली भाषा र साहित्यको विश्वव्यापीकरणमा महत्वपूर्ण योगदान पुग्ने आयोजकको दाबी छ ।
साहित्यकारहरुबीच आपसी सम्बन्धलाई जीवन्त तुल्याउने यो एक व्यावहारिक प्रयास थियो ।
कार्यक्रम दुई चरणमा बाडिएको थियो, ‘अन्तरे’ लोकार्पन र रचना वाचन, अनि साहित्यिक बहस । लोकार्पन र रचना वाचन Youtube मार्फत प्रत्यक्ष प्रसारण पनि गरिएको थियो जसमा कवी मणी धिमाल ‘दिपित’का कविताले सबैलाई मन्त्रमुग्ध बनाएको थियो भने लक्की रासीले आफ्नो युवा जोसमा जमातलाई तताएका थिए ।
युवा कवी तथा स्विकारोक्ती अभियान्ता लीलाधर अधिकारी ‘अन्तरे’को वाचन उत्सहजनक थियो भने युवा कवी नेत्र आचार्य ‘वशन्त दिक्तेली’ सुन्दर छन्दहरुमा रमाइरहेका थिए । कार्यक्रम संचालनको जिम्मेवर लिएका युवा स्रष्टा गोविन अधिकारी भने आफ्नै गतीमा जमातलाई स्रष्टाहरुसंग डोर्याइरहेका थिए ।
न्यू योर्क जिवन बिमाका अजेन्ट सुरेश बस्यलजी को सह-प्रायोजन रहेको ‘साहित्य गोस्टी कार्यक्रमलाई क्लबका सल्लाहकार श्री क्लिन्त ब्राओनिङ र पेम दोजी लामाले सहयोग गरेका थिए ।
साहित्यिक बहसमा वक्तहरुको रुपम अन्तराष्ट्रिय नेपाली साहित्य समाज टेक्सस्का अध्यक्ष श्वासु शर्मा, क्लब उप-अध्यक्ष श्ए के राना साम्पाङ्, समाज सेवी प्रभात दिक्षित, कर्णा गुरुङ्, कवी विप्लब प्रतिक, र अध्यक्ष डेन्जोम साम्पाङ थिए ।
साम्पाङ्ले सञ्चालन गरेको बहस कार्यक्रममा कवी प्रतिकको साहित्य र साहित्यकार बिचको सम्बन्ध बारे प्रस्तुतीमाथि बहस चलेको थियो । बहसमा भूटानी नेपाली साहित्य र समाज, स्वीकारोक्ति सिद्धान्त, उत्तर अमेरिकामा रहेका भूटानी तथा नेपाली साहित्यिक सम्बन्ध र भूटानी नेपाली साहित्यको भविष्यकाबारे विचार आदान प्रदान भएको थियो ।
बहसको निष्कर्ष थियो “जुनसुकै, जहासुकै बसेर लेखिए पनि साहित्य साहित्य हो र हुन्छ । त्यसले जीवन अनि आत्मा बोल्छ, जिवन खोज्छ, अनि सर्वहितको निम्ति आफु भित्र-भित्रै जली संसारलाई ज्योती फैलाउन प्रयासरत रहन्छ । साहित्य न त शरणार्थी हुन्छ न त परदेशी हुन्छ । यो त आफैमा स्वातन्त्र रही सम्पुर्ण मानवको निम्ती सुन्दर साधन भएर युगान्त तक लोकप्रिय रहिरहन्छ ।”
कर्ण गुरुङको सहयोगमा