Bhutan News Network

News That Matters

PoliticsTop News

हार्दिक सम्बन्धको घाउलाई धेरै राख्न चाहन्नौ : भुटानी मन्त्री

चन्द्रशेखर अधिकारी

D N Dhungel
D N Dhungel

थिम्पु (भुटान), फाल्गुन २६ – तेस्रो मुलुक पुर्नस्थापना सकिए लगत्तै नेपाल भुटान दुईपक्षीय वार्ता हुने भएको छ । तेस्रो मुलक जान नचाहेकाहरुको स्थायी ब्यवस्थापनको लागि त्यस्तो बार्ता हुने भुटान सरकार प्रवक्ता एवं संचारमन्त्री डीएन ढुंग्यालले बताए । नेपाल र भुटानबीच रहेको सम्वन्धलाई थप उचाईमा पुर्याउन लामो समयदेखि रहेको यो समस्या टुंगोमा पुर्याउन भुटान सरकारले आन्तरिक रुपमा पनि छलफल गरिरहेको उनले बताए । जे जस्तो कारणले नेपाल पुगेका भएपनि नेपालले यतिका समय कसैलाई शरण दिएर ठूलो हृदय देखाएको उनले बताए । अवको सम्वन्धको हार्दिकताको लागि पनि हामीले तत्काल दुईपक्षीय वार्ता गर्दै सम्वन्धको सानो घाउलाई निको पार्न ढिलाई गर्न नहुनेमा जोड दिए ।

नेपाल र भुटानका प्रधानमन्त्री बीचमा समेत विभिन्न समयमा यस विषयमा छलफल भइरहेको र अव यसलाई टुंगोमा पुर्याउन पर्नेमा कुनै दुईमत नभएको उनले बताए । दक्षिण भुटानबाट निर्वाचित भएर छिरिङ तोग्बेको मन्त्रिमण्डलम रहेका ढुग्यालले कान्तिपुरसंग भने, ‘समस्या समाधान गरेर हाम्रो दुईपक्षीय सम्वन्धको हार्दिकता बढाउन आवश्यक छ । सार्कका हामी संस्थापक सदस्यहरु बीच निकै आत्मिय सम्वन्ध छ । यसलाई थप उचाईमा लैजान आवश्यक छ ।’

भुटान भित्र अहिले कुनै समस्या नरहेको बताउदै जनताको जीवनस्तर उकास्न सरकारी प्रयत्नहरु भइरहको बताए । भुटान एक राजसंस्थात्मक संरक्षणमा रहेको प्रजातान्त्रीक मुलुक रहेको बताउदै राजनीतिक अस्थिरता नरहेको र विकासको बाटोमा अघि बढिरहेको समेत उनले बताए । सार्क शिखर सम्मेलनको समय होस या राष्टसंघ महासभाको साइडलाइनमा होस दुई मुलकुका प्रधानमन्त्रीबीच सम्वन्धमा थप आत्मियता र समास्या समाधानमा पटक पटक छलफल भएका छन् ।

१९९० को शुरुवातीमा भुटान भित्र समस्या उत्पन्न भएपछि यहाबाट भागेकाहरु नेपालको पुर्वि जिल्ला झापा र मोरड.मा २५ बर्ष देखी रहदै आएका छन । शरणार्थीको रुपमा रहदै आएका भुटानी शरणार्थीहरु विगत छ वर्ष देखि तेस्रो मुलुक पुर्नस्थापनामा गएका छन । शुरुवातीमा सत्तरी हजार भन्दा बढि रहेको भएपनि पछि एक लाख भन्दा बढि रहेका उनीहरु मध्ये ९५ हजार भन्दा बढि तेस्रो मुलुक पुर्नस्थापनामा गइसकेका छन् । बाकि रहेका मध्ये ९ हजार जाने पर्खाइमा छन् । सबै भन्दा बढि अमेरिकामा पुर्नस्थापीत भएका छन् । अमेरिकाले मात्र ८५ हजार भन्दा बढि भुटनीलाई लिएको छ । क्यानडा, बेलायत, डेनमार्क, नर्वे, जर्मनी लगायतको मुलकमा पनि सानो सानो संख्यामा पुर्नस्थापित भएका उनीहरुका पुराना पुस्ताहरु स्वदेश फर्केर आफ्नै माटोमा मर्ने भन्दै तेस्रो मुलुक जान चाहेका छैनन् ।

करिव १५ हजार जतिमात्र रहेका उनीहरुको बीचमा छलफल गरेर भुटान सरकारले बाकि रहेको भुटानीलाई लिईदिए हुने नेपालको धारणा रहदै आएको भए पनि भुटानले सकरात्मक संकेत नदिएको नेपालका उच्च अधिकारीहरु बताउछन् । परराष्ट मन्त्रालयका एक अधिकारी भन्छन, ‘भुटानले हुन्न केही भन्दैन र गर्न केही गर्दैन । तर अव सानो संख्यामा रहेकाले ब्यवस्थापनलागि सकारात्मक हुन्छन की ।’

अव बाँकी रहने भुटानी शरणार्थीलाई भुटान सरकारले विनाशर्त लिन पर्ने नेपालको धारणा रहदै आएको छ । तर भुटानले उनीहरुलाई स्वीकार गर्छ कि गर्दैन हेर्न बाँकी छ । भुटानी मन्त्री ढुंग्याल अव यस्तो घाउ नराखी एकै परिवार झै रहनुपर्ने बताउछन् । ‘सार्क एउटा सानो परिवार हो यसमा कुनै कुराको पनि बैमनश्यता रहनु हँुदैन्’, उनले भने । भुटानीहरु तेस्रो मुलुक पुगेर पनि गैरआवासीय भुटानीको हैसियत लिन खोजिरहेको अवस्थामा भुटानले बाँकि रहेका आफ्ना नागरिक लिन तयार हुनपर्नेमा सबैले जोड दिएका छन् । नेपाल र भुटानबीच पटकपटक दुईक्षीय छलफल गरेर अन्तमा स्थगित भएपछि राष्टसंघीय शरणार्थीका उच्चायोग ९यूएनएचसिआर) र अन्तराष्टिय बसाइँसराई सम्वन्धी संगठनको पहलमा तेस्रो मुलुक पुर्नस्थापना आरम्भ भएको हो । तेस्रो मुलुका पुर्नस्थापना पछि नेपाल र भुटानबीच यस विषयमा दुई पक्षीय कुनै वार्ता हुन सकेको छैन् ।

Kantipur

3 thoughts on “हार्दिक सम्बन्धको घाउलाई धेरै राख्न चाहन्नौ : भुटानी मन्त्री

  • http://www.ekantipur.com/np/2071/11/26/full-story/405138.html?fb_action_ids=1596287897257037&fb_action_types=og.comments

    भुटान सरखारले रहल शरणार्थीहरूलाई वापस लाने भएको भए बाटोको लागि भारत सरकार संग कुरा के भयो त? भन्ने प्राकशमा आऊदा मात्र बिस्वास लाग्ने थियो। हुँन त शरणार्थीहरूले फर्किने जबर गरेको बेलामा, साम्चीको एउटा कुनामा थन्क्यार राख्नु राख्नु र अनि त्यो कुनो सहीत सबै भारतलाई सुम्पिदिउ कि? भनेर दरवारमा एकपल्ट कुरा चलेको हो। तर पस्चिमि मुलुकतिर जबरजस्ति बसाई हिडाउने प्रस्ताव आएपछि सबै समस्याको समाधन भएको देखने भुटानी सरकारले अब रहल शर्णार्थीलाई लाने कुरा झुटा हो। यदि यसलाई सत्यतामा परिणत गराउन कृपा भए मन्त्रिमहोदय ‍‌अोम प्रधान अघि सरिदिनु भएमात्र मद्धस्त सफलता पुर्वक हुने थियो र अनि देशमा पाईलो लोछाम्पाहरूको ईतिहसिक छाप भइ बस्ने थियो, -मन्त्रओ डीएन ढुङगेलको त सानो मनोईच्छा मा्त्र होला। नन्द गौतम। http://www.nandamedia.blogspot.com

    Reply
  • भुटान सरखारले रहल शरणार्थीहरूलाई वापस लाने भएको भए बाटोको लागि भारत सरकार संग कुरा के भयो त? भन्ने प्राकशमा आऊदा मात्र बिस्वास लाग्ने थियो। हुँन त शरणार्थीहरूले फर्किने जबर गरेको बेलामा, साम्चीको एउटा कुनामा थन्क्यार राख्नु राख्नु र अनि त्यो कुनो सहीत सबै भारतलाई सुम्पिदिउ कि? भनेर दरवारमा एकपल्ट कुरा चलेको हो। तर पस्चिमि मुलुकतिर जबरजस्ति बसाई हिडाउने प्रस्ताव आएपछि सबै समस्याको समाधन भएको देखने भुटानी सरकारले अब रहल शर्णार्थीलाई लाने कुरा झुटा हो। यदि यसलाई सत्यतामा परिणत गराउन कृपा भए मन्त्रिमहोदय ‍‌अोम प्रधान अघि सरिदिनु भएमात्र मद्धस्त सफलता पुर्वक हुने थियो र अनि देशमा पाईलो लोछाम्पाहरूको ईतिहसिक छाप भइ बस्ने थियो, -मन्त्रओ डीएन ढुङगेलको त सानो मनोईच्छा मा्त्र होला। नन्द गौतम।

    Reply
  • T Adhikari

    Dhungyel jee,
    Congratulations!
    This is Tom Adhikari.
    Yes we are serious about settling the Bhutanese Refugee and political problem for good.
    Not just repatriation of those languishing in the camps in Jhapa but “Justice” to those resettled in third countries and languishing elsewhere – is a permanent solution.

    Once again! let the message be clear to your government that we are intending to seriously pursue the matter in all international fora. If the government does not come to the negotiating table with us. However, in all fairness: your acting as a bridge between us and the government should not jeopardise your position in any way.

    Sincerely

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *