Bhutan News Network

News That Matters

PoliticsTop News

Rizal urges India for resolving refugee issue

Bhutanese human rights leader in exile and former royal councillor Tek Nath Rizal has ask Nepali to seek Indian support in resolving the issue of the Bhutanese in exile. The statement comes on the eve of Indian Prime Minister Narendra Modi to Nepal.

Rizal said, it is unfortunate that India ignoring the issue of Bhutanese in exile while extending financial and other help towards economic development in Bhutan. He has also requited Modi to mediate with Bhutanese government to open doors for repatriation of those Bhutanese in exile who wish to return.

He expressed hope Indian intervention will eventually help end the three-decade long imbroglio – even though less than 10,000 refugees left in camp after resettlement that begun 10 years ago.

Rizal’s request for a meeting to discuss the issue was rejected by the Prime Minister of Nepal K P Oli. Rizal said, Nepalese political leaders have stopped listening to any agendas concerning Bhutanese in exile.

In a press meet on Saturday, Rizal said, the issue of Bhutanese in exile has been pushed to the content of novels and lacked any practical and constructive initiative by concerned parties. He said, Bhutan, Nepal and India must sit together to sort this out.

He claimed currently over 80,000 Nepali speakers in Bhutan have been denied any rights including citizenship.

Read there the original statement from Rizal

सम्माननीय प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीज्यू,
संघीय गणतन्त्र नेपाल

विषयः भुटानी शरणार्थी समस्याको स्थायी समाधान बारेमा ।

महोदय,

उपयुक्त सम्बन्धमा संघीय गणतन्त्र नेपालमा नयाँ संविधान आएपछिको पहिलो जननिर्वाचित प्रधानमन्त्री हुनु भएकोमा यहाँलाई हामी हार्दिक बधाई ज्ञापन गर्न चाहन्छौं । हामी भुटानी शरणार्थीलाई झण्डै तीन दशकदेखि आतिथ्यता प्रदान गर्दै आएको मुलुक नेपालको प्रधानमन्त्री जस्तो गरिमामय पदमा हाम्रो मामिलालाई राम्रोसँग बुझेको व्यक्ति निर्वाचित हुनु हाम्रोलागि खुसी र गौरवको विषय पनि हो ।

भुटानी शरणार्थी मामिला विभिन्न घुम्तीमा जेलिदै अहिलेको अवस्थामा आइपुगेको कुरा यहाँलाई अवगत नै छ । यहाँ गृहमन्त्री र उपप्रधान तथा परराष्ट्रमन्त्री भएको बेलामा दुई पक्षीय वार्तामा समेत बस्नु भएको समेत हामीले बिर्सेका छैनौं ।

यद्यपि, भुटान विगत ३० वर्षदेखि जातीय राजनीतिमा फसेको छ । यसका लागि कारक को हुन सक्छ ? के कारण यस्तो भयो ? इतिहास साक्षी छ । तर, देश छाडेर जान बाध्य बनाइएका एक लाख नागरिक आजसम्म पनि अनिर्णयको बन्दी बनेका छन् । उपरोक्त सम्बन्धमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीजीको निकट दिनमै हुन लागेको नेपाल भ्रमणकालमा हाम्रो समस्या उहाँ समक्ष राखिदिनको लागि प्रधानमन्त्रीज्यूसँग यो अपील गर्दछु ।

भुटान कुन अवस्थामा थियो, आज कुन अवस्थामा छ, आजसम्म आइपुग्दा भए गरेका घटनाक्रमका सम्बन्धमा, नजिकको सम्बन्ध राख्ने छिमेकी राष्ट्र भारतलाई थाहा छ र यो समस्या समाधान गर्ने जिम्मेवारी पनि भारतकै हो भनिन्छ । तर म यहाँ के प्रष्ट गर्न चाहन्छु भने भुटानले आफ्नो मुलुकभित्र आफ्ना नागरिकप्रति के कस्तो व्यवहार गर्छ, कति ज्यादती गर्छ ? सबै कुरा भारतलाई थाहा छ भन्नु कति हदसम्म उपयुक्त होला ? भुटान विशाल भारतको एउटा कुनामा अवस्थित राजतन्त्रात्मक मुलुक भएको र यहाँ खुला पत्रपत्रिका तथा मानवअधिकार संगठनको नाम निशाना नभएको देश हो । भुटानले केही दिन अघिसम्म आफ्ना देशका नागरिकलाई टेलिभिजन हेर्नसम्म प्रतिबन्ध लगाएको थियो । यस्तो अवस्थामा भुटानको सीमासम्म जोडिएको भारतको पश्चिमबंगाल, आसाम र सिक्किम राज्य बाहेक भारतका अन्य क्षेत्रका विद्वान मानवअधिकारकर्मी र राजनेताहरु बेखबर छन् भन्दा कुनै अतियुक्ति हुँदैन । भुटानमा कार्यरत केही भारतीय मानिसलाई प्रयोग गरेर भुटानले भारतको केन्द्रीय नेताहरुको मन जितेको मात्र हो ।

म यहाँ के पनि स्मरण गराउन चाहन्छु भने पछिल्लो पटक नेपाल प्रवेश गरेको बेला मैले नेपालका पत्रकार सामु भुटानी समस्यामा भारतको कुनै हस्तक्षेप छैन र यसको सम्पूर्ण दोष भुटानले लिनुपर्छ भनेको थिएँ । दुर्भाग्य भुटानबाट भाडामा लिइएका कतिपय व्यक्तिका कारण हामी भुटानी शरणार्थी प्रतिनिधि तथा ल्होत्साम्पा जनसमुदायले भारतका प्रधानमन्त्री, गृहमन्त्री, विदेशमन्त्री तथा कतिपय विशिष्ठ व्यक्तिहरुलाई विश्वस्त पार्न सकेनौं । हामीलाई चारैतिरबाट बाधा, अड्चन खडा गरियो । ज्यान मार्ने डर देखाइयो । भुटान फर्कन चाहनेलाई गोली प्रहार गरियो । भारतको न्यायलयले हाम्रा पक्षमा बोेलिदिंदा समेत सुनुवाई भएन । भुटानमा कार्यरत भारतीय निकाय तथा गुप्तचर विभागको रिपोर्टबाट माथि उठेर मानवताको नाताले भारतका प्रधानमन्त्री मोदीजीले यो ल्होत्साम्पाको वास्तविक समस्या बुझ्नु हुनेछ भन्ने मलाई पूर्ण विश्वास छ ।

ल्होत्साम्पा र सेरछोक्पा समुदायको आफ्नै कमजोरी हुनसक्छ, अन्य राष्ट्रको राजनीतिक अभिलाषा हुनसक्छ, शंकाको राजनीति गर्ने आफ्नै देशका शासकको शक्ति होडबाजी हुनसक्छ जे–जे कारणले भए पनि नागरिक कुहिराको काग भए । अपेक्षा र आशा गरिएका सबै ढोकाहरु बन्द हुँदै गए । देखाइएको झुटो तमासा विश्वले पत्यायो, पर्दा पछाडि पुगेर वास्वविकता कसैले निकाल्न सकेनन् । यसैकारण अनागरिक बनाइएका हामी फेरी पनि सहाराविहीन हुन पुग्यौँ । तेस्रो देश पुर्नबाससँगै समस्या सकिएको देखाइए तापनि समस्या यथावत छ । यो स्थायी समाधान होइन । एकैछिन बालकलाई फकाएझैँ निरीह बनाइएका नागरिकलाई फुलाइएको मात्र छ । भुटानमा उनीहरुको लुटिएको सम्पत्ति, हिजो भएको अपराधमा संलग्नको छानबिन, कारबाही र उनीहरुका आफन्त नेपाल गएपछि देशमै जेलजीवन भोगिरहेका कैदीको समस्या ज्युँकात्युँ छन् । अप्रत्यक्ष देशी–विदेशी सहयोग जुटाएर अपराधको श्रृङ्खला बढाउँदै गरेको भुटान सरकारलाई मानवताको नाताले अधिकार, स्वतन्त्रता र अन्तर्राष्ट्रिय कानूनका बारेमा बोध गाराइदिन अनुरोध गर्न चाहन्छु ।

देशभित्र नाम मात्रको प्रजातन्त्र भोगिरहेका नागरिक तथा देशबाहिर नागरिक बन्न नपाएका नागरिक दुवैको अवस्था उस्तै छ । विगत ३० वर्षदेखि भुटानको जेलमा निर्दोष नागरिक निर्मम जेल यातना भोगिरहेका छन् । आफन्त कहाँ छन् र भविष्य के हो ? भन्ने समेत थाहा छैन । भुटानले अझै आफ्ना नागरिक खेदाउन छाडेको छैन । उता तेस्रो देश पुर्नबासको सिलसिला स्थगित भएसँगै परिवार बिहीन ९ हजार भन्दा बढी शरणार्थी बिचल्लीमा छन् । दुनयाँले समाधान भयो भनिठानेको भुटानको चित्र यस्तो छ । भारतका नागरिक समाज, नेपाल तथा अन्य थुप्रै राष्ट्रबाट समस्या समाधानको पहल भए तापनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । देशभित्रै कहालीलाग्दो जीवन बिताइरहेका र देशबाहिर निरीह जीवन बिताइरहेका भुटानी नागरिकलाई नागरिकको हैसियत दिलाउन भुटान, नेपाल र भारतको उच्चस्तरीय छानविन समिति गठन गरी समस्याको जरो पत्ता लगाउन र समस्या समाधान गर्न म निम्न बुँदागत अपिल गर्न चाहन्छु ।

· भुटानका नागरिकले ससम्मान आफ्नो देश फर्कन पाउनु पर्छ ।
· आफ्नो लुटिएको सम्पत्ति फिर्ता हुनुपर्छ ।
· भुटान सरकारले मारेका, बेपत्ता बनाइएका तथा अङ्गभङ्ग बनाइएका नागरिकलाई सार्वजनिक गर्नुपर्छ ।
· तेस्रो देश पुर्नबाससँगै भुटानमा भएका हजारौँ अपराधका घटनामा संलग्न राज्यपक्षका अपराधीलाई उम्कन दिनु हुँदैन, कानुनी कारबाही अगाडि बढाइनु पर्छ ।
· आजसम्म पनि जेलजीवन भोगिरहेका निर्दोष नागरिकलाई रिहाई गरिदिनुपर्छ ।
· देशभित्रै रहेर पनि नागरिक सरह जीवनयापन गर्न नपाएका नागरिकलाई उचित क्षतिपूर्ति सहित देशमा बाँच्न सक्ने वातावरण निर्माण गरिनुपर्छ ।
· भुटानमा आजसम्म पनि चलिरहेको दासप्रथा हटाइनु पर्छ ।
· नेपालको क्याम्पमा रहेका शरणार्थीका आफन्तहरुको पहिचान गरी उनीहरुलाई शरणार्थीको रुपमा नाम दर्ता गर्नुपर्छ ।
· तेस्रो देश पुनर्वासले निम्त्याएको परिवार वियोग हटाउन परिवार मिलन वातावरण सिर्जना गर्नुपर्छ ।
· आदिमकालदेखि चलिआएको हिन्दू धर्म, भाषा, परम्परा र संस्कृतिको संरक्षण हुनुपर्छ ।
· नेपालले भारतसँगको सहकार्यमा छानविन टोली गठन गरी भुटानले जातीय सफायको नाममा गरेको ज्यादतीप्रति छानविन गर्न दक्षिण भुटान समेत भ्रमण गरी समस्या समाधान गरिनुपर्छ ।

म यहाँ के स्मरण गराउन चाहन्छु भने – भुटानले गर्ने र देखाउने सवै विषय दुइवटा हुन्छन् । विश्व, मानवअधिकार, कुटनीतिक नियोग तथा सञ्चार माध्यमले देख्ने भुटान फरक छ । नागरिकले भोग्ने भुटान अर्को छ । सुकिलो र सानदार जीवन बिताएको नागरीक दुनियाँको नजरमा पर्छ । तर मर्नु न बाँच्नुको दोसाँधमा रहेका नागरीकको प्रमाण भुटान लुकाउँछ, दुनियाँले देख्दैन । यो मामिलामा भने सबै क्षेत्र वास्वविकतामा पुग्नबाट चुकेका छन् वा देखेर पनि नदेखेझैं गर्दैछन् । तर, किन कोही देख्दैनन् ? म नेपाल सरकार, राजनीतिक दल, मानवअधिकार संगठनका प्रतिनिधि, पत्रकार लगायत सम्पूर्णमा यो अपिल गर्न चाहन्छु ।

भवदीय
टेकनाथ रिजाल
पूर्व राजकीय सल्लाहकार परिषद्का सदस्य, भुटान

Also watch this latest Interview with Rizal

Leave a Reply

Your email address will not be published. Required fields are marked *